Jul 29, 2010 19:59:54
राजनीतिक वहस
» Nep » Eng
March 10, 2010 -- Updated 0754 GMT (1339 NST)

तोकिएको समयमा संविधान नबनाउन राजनीतिक दलहरुले नै लागेको आरोप कानुनविद् र विद्यार्थी नेताहरुले लगाएका छन् । काठमाडौंको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले आज राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले निर्धारित समयमा संविधान जारी नभए मुलुक ठूलो दर्घटनामा पर्ने चेतावनी दिए । नेपाल वार एशोसियसनका अध्यक्ष प्रेमवहादुर खड्का र सम्बैधानिक कानूनका विज्ञ डा. भीमार्जुन आचार्यले कुर्सीमोह त्यागी शान्ति स्थापना र लोकतन्त्रलाई संस्थागत गर्न नेताहरुलाई सुझाव दिनुभयो । माओवादी प्रवक्ता दिनानाथ शर्माले भने संविधान लेखनमा दक्षिणपन्थी शक्तिहरु वाधक बनेको आरोप लगाउनुभयो । एमाले नेता प्रदिप ज्ञवालीले मुलुक वन्दुक र जातिवादकोे डरलाग्दो भूमरीमा पर्न सक्ने खतरा औंल्याउँदै संविधान लेखनलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेविसंघका अध्यक्ष प्रदिप पौडेललगायत नेताहरुले संविधान लेखनका लागि दलहरु गम्भीर नभएको भन्दै सबै क्षेत्रबाट नेताहरुलाई दबाब दिनुपर्ने वताउनुभयो ।