Jul 29, 2010 19:45:49
संवैधानिक समिति बैठक
» Nep » Eng
March 10, 2010 -- Updated 0749 GMT (1334 NST)

संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलका शीर्ष नेताले रातदिन खटेर भएपनि तोकिएको समयमा संविधान घोषणा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । संवैधानिक समितिले संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलका शीर्ष नेतासँग आज गरेको छलफलमा दलका नेताहरुले आगामी जेठ १४ भित्र संविधान ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका हुन् । साना दलका नेताले ठूला दलको निष्त्रियताले संविधान नबन्ने खतरा बढेको भन्दै माओवादी, कांग्रेस र एमालेका नेतालाई संविधान लेखनप्रति गम्भीर हुन आग्रह गरेका थिए । समितिका सभापति नीलाम्बर आचार्यले संविधानको पहिलो मस्यौदा तयार गर्ने समय गुज्रिसकेको र अझै नौ वटा समितिको प्रतिवेदन आउन बाँकी रहेकोतर्फनेताहरुको ध्यानाकर्षा गराउनुभएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्न पर्याप्त समय रहेकोे दावी गर्दै दलहरुबीच सहमति गरी संक्षिप्त नभई पूर्ण संविधाननै ल्याउनुपर्ने बताउनुभयो । शासकीय स्वरुप र राज्य पूर्नर्संरचनामा सहमति भए जेठ १४ गते नै संविधान जारी गर्न सकिने दावी उहाँको थियो । सो अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले संविधान लेखनका लागि दलहरुको प्रतिवद्धतालाई सकारात्मक भन्दै रातदिन खटेर भएपनि तोकिएको समयमै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।