घोषणापत्र जारी
» Nep » Eng
February 2, 2010 -- Updated 1035 GMT (1620 NST)

लिम्वुवान प्रान्तीय परिषद्को महाधिवेशनले १२ बुँदे धरान घोषणापत्र जारी गरेको छ । मुद्रा, परराष्ट्र र सेनाबाहेक सबै अधिकार भएको लिम्वुवान स्वायत्त राज्य हुनुपर्ने माग परिषदको छ । लिम्बुवान प्रान्तमा अरुण पुर्वका नौ जिल्लालाई समेट्नुपर्ने माग उनीहरुको छ । परिषद्ले सिद्धि तुम्बाहाम्फेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । उनीहरुले पुर्वी नेपालमा बर्षौदेखि राज्यविहीन भएर बस्दै आएका भुटानी शराणार्थीको स्वदेश फिर्ताको माग पनि गरेको छ ।