| नहरको पानी खोलामा, जग्गा भने बाँझै
|
» Nep » Eng
February 2, 2010 -- Updated 1035 GMT (1620 NST)
|
पुर्वी लमजुङको भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा गाविसका खेतमा सिञ्चाई गर्न ल्याइएको राइनस सिञ्चाई आयोजनाबाट त्यहाँका किसानले फाइदा लिन सकेका छैनन् । ति गाविसका सयौं हेक्टर जमिनमा सिञ्चाई सुविधा पुर्याउन विश्व बैकको सहयोगमा २०३५ सालमा ३५ करोड रुपैयाँको लागतमा चेपे नदीबाट ल्याइएको नहरको पानी किसानहरुले सदुपयोग नगर्दा नहरको पानी स्थानीय गल्ली, कच्ची सडक हुँदै बगेर खोलामै पुगेको छ । मर्मत सम्भारको नाममा वर्षोनी लाखौ रुपैयाँ नहर मर्मतमा खर्च भएपनि नहरको पानीको सदुपयोग भने राम्ररी हुन सकेको छैन ।
|
|
|
|
|