प्रयोगविहिन इनार
» Nep » Eng
February 2, 2010 -- Updated 1034 GMT (1619 NST)

सिरहाको लालपुर टोड्के गाउँमा निर्माण भएका ३५ वटा इनार प्रयोगमा आउन सकेका छैनन् । एकीकृत विकास केन्द्र र फन्ड वोर्डले बनाएका इनार उपयोगविहिन भएका हुन् । गाउँमा खानेपानीको समस्या पूरा गर्न निर्माण गरिएको इनारमा पानी सुकेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो । संस्थाले २५ लाख रुपैया खर्च गरेर इनार बनाइएको हो । इनार निर्माण र मर्मत गर्ने नाममा आएको रकम हिनामिना भएको छ । टोड्के गाउँका १५ सय र्सवसाधारणलाई खानेपानी लिन दुई घण्टा पैदल हिड्न बाध्य छन् ।