बेलायती सहयोग
» Nep » Eng
February 2, 2010 -- Updated 1033 GMT (1618 NST)

बेलायतले नेपालको सामुदायिक विकास कार्यक्रमका लागि ८० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बेलायती अन्तराष्ट्रिय विकास विभागले आज निकालेको विज्ञप्तिमा दोस्रो चरणको सामुदायिक सहयोग कार्यक्रमका लागि दिइने यो अनुदान आगामी दुई वर्षम्म खर्च गरिने छ । उक्त रकम केयर नेपाल र ग्रामिण पुनर्निर्माण नेपाल संस्थामार्फ खानेपानी र सरसफाई, विद्यालय र सामुदायिक भवन निर्माण, ग्रामिण तथा गरिब युवालाई प्राविधिक तालिम दिन खर्च गरिने जनाइएको छ । यता, नेपालमा पिछडिएको क्षेत्र र जनताको पक्षमा काम गर्दै आएको हेल्प नेपाल नेर्टवर्क संस्थालाई नेपाली उद्योगपति सिर्द्धार्थ राणाले एक करोड रुपैया चन्दा सहयोग दिनुभएको छ । विश्वका विभिन्न देशमा बसेका नेपालीहरुको सहयोग र सद्भावबाट संचालित उक्त संस्थाको प्रशासनिक कामका लागि खर्च गर्ने गरी राणाले सहयोग प्रदान गरेको संस्थाका संस्थापक रवीन्द्र मिश्रले जानकारी दिनुभयो ।