गत ६ गते गोठाटारमा गुन्डाको गोली लागि मारिएका बालक सन्तोष कार्कीको १३औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा सन्तोष कार्की स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा सहभागीले दोषीलाई चाँडै पक्रेर कारवाही गर्न माग गरेका थिए । त्यस क्रममा मैनवत्ती प्रज्वलन पनि गरियो । गोली प्रहार गर्ने अभियुक्त अझै फरार छ । नेपालमा विगतको द्वन्द्वकालदेखि बढेको साना हतियारको बिगबिगीका कारण अनाहकमा थुप्रैं व्यक्ति मारिएका छन् । सरकार र प्रहरी प्रशासन यस्ता हतियार र अपराधकर्म नियन्त्रण गर्न असफल बनेका छन् ।