प्रम-चिनियाँ डेपुटी गभर्नर भेट
» Nep » Eng
February 2, 2010 -- Updated 1125 GMT (1710 NST)
प्रम-चिनियाँ डेपुटी गभर्नर भेट
प्रम-चिनियाँ डेपुटी गभर्नर भेट

प्रधानमन्त्री माधवकुमार नेपाल र चीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङ सियाओ सियाङबीच आज भेटघाट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालको शान्ति स्थापना र विकासमा चीनले गर्नसक्ने सहयोगबारे छलफल भएको थियो । यस्तै, प्रधानमन्त्री नेपालले चीन भ्रमणका क्रममा कृषिमा आधारित उद्योग, पुर्वाधार विकास, जलविद्युत र पर्यटनको क्षेत्रमा चिनियाँ लगानी बढाउन गरेको आग्रहबारे पनि छलफल भयो । चीनले भने जलविद्युत र प्राविधिक क्षेत्रमा सहयोग गर्न विशेष चासो देखाएको थियो । सियाङले आगामी अक्टोबरमा चीनमा हुने चाइना वेस्ट इन्टरनेशनल फेयरमा नेपालबाट बढीभन्दा बढी सहभागिता जनाउन आग्रह गर्नुभएको थियो । भेटमा नेपालका लागि चिनियाँ राजदूत छ्यु गोहाङको पनि उपस्थिति थियो ।