राप्रपा बैठक र कमल थापा
» Nep » Eng
February 2, 2010 -- Updated 1029 GMT (1614 NST)

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनशक्ति पार्टीबीच भएको एकीकरणलाई अनुमोदन गर्न आज राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा पार्टी प्रस्तावित नाममाथि केन्द्रीय सदस्यहरुले असहमति जनाएका थिए । पार्टीअध्यक्ष पशुपति शम्शेर राणाले संचारकर्मीहरुसँग प्रस्तावित राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नाम महाधिवेशनसम्मका लागि मात्रै भएको र महाधिवेशनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी रहने जानकारी दिनुभयो । उता महोत्तरी पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने समयमै संविधान नबने बाह्य हस्तक्षेप बढ्नुका साथै देशमा गृहयुद्ध र बिखण्डन निम्तिने दावी गर्नुभएको छ । महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलामा उहाँले तीन ठुला दल संविधान बनाउनुको सट्टा सरकार परिवर्तन गरि संविधानसभाको समय बढाउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।