विजय गच्छदार र स्थानीय विकास मन्त्री
» Nep » Eng
February 2, 2010 -- Updated 1025 GMT (1610 NST)

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान जारी नभएसम्म वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने ठोकुवा गर्नुभएको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालालाई लछित गर्दै गच्छदारले भन्नुभयो-हैसियत नभएका र सरकार बनाउन कुनै भूमिका नभएकाले सरकारको विकल्प खोज्नुमा कुनै तुक छैन । सुनसरीको इनरुवामा शहिद श्यामसुन्दर र हरि मेहताको स्मृतिसभामा उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र अधुरो रहेकाले त्यसमा मधेशवादी दललाई सहभागी गराउन माग गर्नुभयो । उता पोखरा पुगेका स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्पाले रिक्त रहेका गाविस सचिवको पदपूर्ति छिट्टै गर्ने बताउनुभएको छ । पोखराको बाटुलेचौरमा आज कोमागाने मातृशिशु मितेरी सामुदायिक अस्पतालको शिलान्यास गर्दै मन्त्री लिम्बुले स्थानीय सरकार नहुँदा समस्या र चुनौती बढेको स्वीकार्नुभयो । स्थानीय निकाय रिक्त रहँदा कर्मचारीले सेवाग्राहीलाई सेवा दिन गाह्रो परेकाले सहमतिका आधारमा स्थानीय निकाय गठन गर्ने प्रक्रिया अघि बढेको जानकारी पनि दिनुभयो ।