वर्तमान सरकारको आयुबारे नेताहरुले आ-आफ्नै अड्काल काट्न थालेका छन् । कोही भोलि नै यो सरकार ढल्छ भन्छन् त कोही बचाउमा उत्रिएका छन् । राजधानीमा भएको कार्यक्रममा सिंचाईं मन्त्री बालकृष्ण खाँडले अहिलेको सरकार कुनै हालतमा परिवर्तन नहुने र यही सरकारले संविधान बनाएर घोषणा गर्ने दावी गर्नुभयो । उहाँले, संविधानसभाको म्याद सकिदैमा राष्ट्रपति शासन लाग्ने वा सेना सक्रिय हुने हल्ला मात्र हो भन्दै संविधानसभाको म्याद भने छ महिना थप्न सकिने बताउनु भएको छ । एमाले नेता प्रदिप नेपालले अहिलेको सरकार कुनै हालतमा परिवर्तन नहुने र कांग्रेसले सरकारबाट र्समर्थन फिर्ता लिए माओवादी र एमालेको गठबन्धन सरकार बन्ने उद्घोष गर्नुभयो । तर, माओवादी नेता टोपबहादुर रायमाझीले भने माधव नेतृत्वको सरकार केहीदिनमै ढल्ने भविष्यवाणी गर्नुभयो । उहाँले संविधान तोकिएको समयमा नबन्ने घोषणा गर्दै संविधानसभाको म्याद थपिने स्पष्ट गर्नुभयो ।