सुवास नेम्वाङ
» Nep » Eng
February 2, 2010 -- Updated 1022 GMT (1607 NST)

सभामुख सुवास नेम्वाङले आदिवासी जनजातिको संलग्नताकै कारण निरंकुशता विरुद्धको आन्दोलन सफल भएको दावी गर्दै नयाँ संविधान बनेपछि मात्र अहिलेको अराजकता टुंगो लाग्ने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको कार्यक्रममा नेम्वाङले मुलुक अब स्वायत्तता सहितको संघात्मकताबाट पछाडि हट्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँले संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।