आदिवासी जनजाति मोर्चा फेरि संर्घषमा
» Nep » Eng
February 2, 2010 -- Updated 1022 GMT (1607 NST)

आदिवासी जनजाति बृहत मोर्चाले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मोर्चाले नयाँ संविधानमा आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता तथा स्वशासन, पुख्यौली भूमिमाथिको स्वामित्व सुनिश्चित गर्न पनि माग गरेको छ । जस अर्न्तर्गत सभासदहरुले संसद र संविधानसभा रोष्ट्रम घेर्ने छन् । उनीहरुले आदिवासी जनजाति समिति गठन गर्नुपर्ने, आदिवासी जनजाति महासन्धिको कार्ययोजना संविधानसभाबाट पारित गर्नुपर्नेलगायत माग राखेका छन् ।