दलित विरोध
» Nep » Eng
February 2, 2010 -- Updated 1021 GMT (1606 NST)

सरकारले जातीय विभेद र छुवाछुतलाई थप प्रोत्साहन गर्ने विधेयक ल्याएको भन्दै दलित सभासद्हरुले विरोध जनाएका छन् । संविधानसभा भवन नयाँ बानेश्वर अगाडि आज विभिन्न दलका दलित सभासदहरुले विधेयक पुरानै शैलीको भएको आरोप लगाए । उनीहरुले गणतन्त्र स्थापनापछि पनि सरकारले आफुहरुप्रति विभेदकारी नीति लिएको भन्दै आपत्ति प्रकट गरे । उनीहरुले दलित आयोगले सिफारिश गरेको सुझावलाई बङ्ग्याएर विधेयक ल्याएको आरोप पनि लगाए । विधेयक संसोधन नगरे थप आन्दोलन गर्ने चेतावनी उनीहरुको थियो । सरकारले केही दिन अगाडि जातीय विभेद र छुवाछुतविरुद्धको विधेयक संसदमा पेश गरेको थियो ।