Jul 29, 2010 20:02:06
स्थानीय निकाय कर्मचारी
» Nep » Eng
February 2, 2010 -- Updated 1021 GMT (1606 NST)
स्थानीय निकाय कर्मचारी
स्थानीय निकाय कर्मचारी

आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले एकपक्षीय रुपमा आन्दोलनको कार्यक्रम फिर्ता लिई काममा फर्किने निर्णयगरेका छन् । स्थानीय निकाय संयुक्त आन्दोलन समन्वय समितिले राजधानीमा पत्रकार सम्मेलन गरी सरकारसँग वार्ता र सम्वाद नगर्ने घोषणा गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । तर, कर्मचारीहरुले मन्त्रीहरुलाई भने स्थानीय निकायका कार्यालयहरुमा प्रवेश दिने छैनन् । आन्दोलन फिर्तासँगै अब राजधानीमा थुप्रिएको फोहर उठ्ने भएको छ भने देशभरका स्थानीय निकाय खुल्ने छ ।