संसदको र्सार्वजनिक लेखा समितिले १८ वटा सरकारी संस्थानमा रहेको बेरुजु उठ्न नसकेको र संस्थानहरु थाम्नै नसकिने गरी घाटामा गएकोबारे सम्बन्धित संस्थानका अधिकारीहरुसँग छलफल गरेको छ । सरकारी संस्थान निरन्तर घाटामा गएको र भ्रष्टाचार अचाक्ली बढेको गुनासो आएपछि लेखा समितिले आज संस्थानका मुख्य अधिकारीहरुलाई बोलाएर छलफल गरेको हो । सांसदहरुले संस्थानका कार्यकारी अध्यक्ष र महाप्रबन्धकहरुसँग संस्थानहरुको अवस्था दयनीय हुनुको कारण र समाधानका उपायबारे छलफल गरेका थिए । थप छलफलका लागि संस्थान प्रमुखहरुलाई पर्सीफेरि बोलाइएको छ । बढि बेरुजु भएका मन्त्रालयका सचिवलाई भने समितिले भोलि छलफलका लागि बोलाएको छ ।