संयन्त्र बैठक
» Nep » Eng
February 2, 2010 -- Updated 1016 GMT (1601 NST)

राजनीतिक गतिरोधको निकास खोज्न आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्षटुंगिएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकमा राष्ट्रपतिको कदमबारे साझा संकल्प प्रस्ताव ल्याउनेबारे छलफल भएको थियो । संकल्प प्रस्तावबारे माओवादी र कांग्रेस आ आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको बताइएको छ । यद्यपि, माओवादी संयन्त्रको बैठक सकारात्मक भएकोले तत्काल आन्दोलनको कडा कार्यक्रम घोषणा नगर्ने जनाएको छ । कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने सबैलाई सम्मान हुने गरी राष्ट्रपति कदमबारे साझा संकल्प प्रस्ताव तयार गर्न छलफल भएको र अर्को बैठकमा यसबारे टुंगो लाग्ने उहाँको भनाइ थियो । संयन्त्रको आमन्त्रित सदस्य रहनुभएका प्रधानमन्त्री माधव नेपाल भने बैठकमा जानु भएन । संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टर्राई र नारायाणकाजी श्रेष्ठ, एमाले अध्यक्ष झलनाथ खनाललगायत नेता हुनुहुन्थ्यो ।