१० दल बैठक
» Nep » Eng
February 2, 2010 -- Updated 1015 GMT (1600 NST)

सरकार र्समर्थक १० दलले साक्षरता अभियान सफल पार्न आ-आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता जनाएका छन् । आज बसेको ती दलको बैठकले विकास निर्माणका काममा अवरोध नपुर्‍याउन माओवादीलाई आहृवान गरि छलफल गर्ने सहमति समेत गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा फागुन २ गते मनाइने सैनिक दिवसमा माओवादीले आफ्ना लडाकुलाई पनि सामेल गर्न गरेको आग्रहलाई १० दलले अस्वीकार गर्दै सहमागी नगराउने सहमति गरेको छ । त्यस्तै संविधान निर्माण गर्न सबै दलहरुबीच सहमति कायम गर्ने समेत बैठकले निर्णयगरेको छ । बैठकमा गृहमन्त्री भीमरावलले आफू भारत भ्रमणको क्रममा दुई देशबीचको सुरक्षा सम्बन्धमा भएको छलफल बारे जानकारी दिएको थियो । उहाँले सुर्पुदगी सन्धि, नेपालको अन्तराष्ट्रिय विमान स्थलमा एयर मार्सल राख्ने र पारस्परिक कानूनि सहायताका बारेमा भारतीय पक्षले राखेको बारे बैठकमा ब्रिफिङ गरेपछि सो विषयमा पनि १० दलबीच छलफल भएको जनाएको छ ।