संसद बैठक
» Nep » Eng
February 2, 2010 -- Updated 0957 GMT (1542 NST)

व्यवस्थापिका संसदको आजको बैठकमा माओवादी नेता देव गुरुङले अरु दलले राष्ट्रपतिको कदमदेखि निरन्तर सहमति तोडेको आरोप लगाउनुभएको छ । संसदको विशेष समयमा उहाँले दलहरुबीचको गतिरोध हटाउन गठित उच्चस्तरीय संयन्त्रको सरकारकै सदस्य र दलहरुबाट विरोध भएकोमा उहाँको चिन्ता थियो । कांग्रेसका रामकृष्ण यादवले अहिले सरकार परिवर्तनभन्दा माओवादीको आतंक नियन्त्रण जरुरी छ, भन्नुभयो । एमालेका रामचन्द्र झाले सिन्धुली घटनामा माओवादी दोषी रहेको भन्दै माओवादी जिल्ला इञ्चार्जकै नेतृत्वमा पटक-पटक एमालेमाथि आक्रमण भएकाले छानबिनको माग गर्नुभयो । बैठकमा माओवादी सभासद नीरकुमारी मगरले सिन्धुली घटनाका सम्बन्धमा निष्पक्ष छानबिन नभएको, सरकारले जवाफ नदिएकोमा रुलिङ माग गरेपछि सभामुखले सिन्धुली घटनाबारे जवाफ दिन गृहमन्त्रीको ध्यानाकर्षा गराउनुभयो । अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिका सभापति पदमलाल विश्वकर्माले बारा जिल्लाको मटिअर्वा लगायत नेपाल भारत सीमा समस्या सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्नुभयो । बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरीम संविधानको सातौं संशोधन विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सदनलाई सुनाउनुभयो ।