होन्डुरस
» Nep » Eng
July 3, 2009 -- Updated 1058 GMT (1643 NST)

दक्षिण अमेरिकी मुलुकहरुको संगठन अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स्ले होन्डुरसका अपदस्थ राष्ट्रपति म्यान्यूएल जेलायालाई तीन दिन भित्र पूर्नर्वहाली गर्न नयाँ राष्ट्रपति लगायतलाई अल्टिमेटम दिएको   त्यसो नगरे होन्डुरसलाई आफूहरुको संगठनबाट हटाउने चेतावनी पनि उनीहरुले दिएका छन्  संविधान संसोधन गरेर आपनो कार्यकाल लम्ब्याउने तयारी गरेका जेलायालाई गत आइतबार सेनाले अपदस्थ गरेको थियो भने सोमबार संसदका प्रवक्ता रोर्बट मिचेलेट्टीलाई अन्तरिम राष्ट्रपति चयन गरिएको थियो  अपदस्थ गरी कोष्टारिकाको निर्वासनमा पठाइएका जेलायाले आफू स्वदेश र्फकने बताएका छन् भने उनी फर्किए गिरप\\\\mतार गर्ने चेतावनी अन्तरिम राष्ट्रपतिले दिएका छन्  जेलायालाई अपदस्थ गरिएकोप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामा, भेनेजुएलाका राष्ट्रपति हुगो चाभेज, राष्ट्रसंघीय महासचिव वान कि मुन लगायतले आलोचना गरेका थिए