टेनिस महिला
» Nep » Eng
July 3, 2009 -- Updated 1049 GMT (1634 NST)

विम्बल्डन टेनिसको महिलातर्फा सेमिफाइनल खेलहरु आज हुँदैछन् । शीर्ष वरियताकी रुसी खेलाडी दिनारा सफिनाले तेस्रो वरियताकी अमेरिकी खेलाडी भेनस विलियम्सको सामना गर्दैछिन् । त्यसैगरी दोस्रो वरियताकी अमेरिकी सेरेना विलियम्सले चौथो वरियताकी रुसी एलेना डेमेन्टिएभाको सामना गर्दैछिन् । अमेरिकी दिदीबहिनी भेनस र सेरेना विम्बल्डनका पूर्व विजेता हुन् भने डेमेन्टिएभा र सफिना उपाधि खोजीमा छन् ।