Sep 04, 2010 00:29:18
टेनिस
» Nep » Eng
July 3, 2009 -- Updated 1049 GMT (1634 NST)

स्विट्जरल्यान्डका रोजर फेडेरर विम्बल्डन टेनिसको पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । क्वार्टरफाइनलमा क्रोएसियाका इभो कार्लोभिचलाई ६-३, ७-५ र ७-६ ले हराउँदै फेडेरर सेमिफाइनलमा पुगेका हुन् । पाँचपटक विम्बल्डनको उपाधि जितिसकेका फेडेरर कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो २१ औं पटक हो । फेडेररले अब सेमिफाइनलमा जर्मनीका टमी हासको सामना गर्नेछन् । हासले विश्व नम्बर चार र्सर्वियाका नोभाक जोकोभिचलाई पाखा लगाउँदै अन्तिम चारमा ठाउँ पक्का गरेका हुन् । २४ औं वरियताका हासले खेल ७/५, ७/६, ४/६ र ६/३ ले जिते । यता दोस्रो सेमिफाइनलमा विश्व नम्बर तीन एन्डी मरे र विश्व नम्बर ६ एन्डी रोडिक भिड्दैछन् । स्कटल्याण्डका मरेले क्वाटरफाइनलमा स्पेनी हुँवा कार्लोस फरेरोलाई हराए । सोझो सेटमा विजयी हुने क्रममा मरेले ७/छ, ६/३ र ६/२ को सेट बनाए ।

त्यसैगरी अमेरिकी रोडिकले संर्घषपूर्ण खेलमा पूर्व विश्व नम्बर एक अष्ट्रेलियाका लिएटन हेविटलाई हराए । रोडिक ६/३, ६/७, ७/६, ४/६ र ६/४ को सेटमा विजयी भए ।