थाक्सिन सिनावात्रा
» Nep » Eng
July 3, 2009 -- Updated 1044 GMT (1629 NST)

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि लागेका आरोपमा क्षमा दिलाउन उनका र्समर्थकहरुको समुह रेड र्सट ग्रुपले हस्ताक्षर संकलन शुरु गरेको छ ।

सो समूहले सिनावात्राका पक्षमा १० लाख हस्ताक्षर संकलन गर्ने बताएको छ । भ्रष्टाचारको अभियोग खेपिरहेका अपदस्थ प्रधानमन्त्री सिनावात्राले थाइ नरेशसँग क्षमा याचना गर्नुभएको थियो । यसैबीच, थाइल्याण्डको राष्ट्रिय सुरक्षा परिषदका पूर्व प्रमुखले रेड र्सट ग्रुपको यो अभियानले देशको स्थिरतामा आँच पुर्याउने चेतावनी दिनुभएको छ ।