सरकारले छुट्याएको राहत रकम तत्काल पाउनु पर्ने माग गर्दै कोशी विस्थापितहरुले आज पर्ुव पश्चिम राजमार्ग अर्न्तगत सुनसरीको श्रीपुर खण्डमा यातायात चल्न दिएका छैनन् । यता, म्याग्दीको गुर्जास्थित जनकल्याण निमाविका प्रधानाध्यापक वासुदेव उपाध्यायलाई राजिनामा नदिएको भन्दै वाईसीएल कार्यकर्ताले कुटेका छन् । घाइते उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सल्यानको मुलपानीमा दुइ वटा जीप ठोक्किंदा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने र्घाईतेहरुको तुल्सीपुर स्थित राप्ती अञ्चल अस्पतालमा भइरहेको छ । राप्ती अञ्चल अस्पतालका डाक्टर इश्वर देवकोटालाई हातपात गर्ने समूहलाई पक्राउ गर्ने सहमति भएपछि दाङका स्वास्थ्य संस्थाहरु भोलिदेखि खुल्ने भएका छन् । थरुहट स्वायत्त राज्य परिषदले आगामी आर्थिक बर्षेखि बर्दिया जिल्लामा राजस्व उठाउन नदिने बताएको छ ।