संवाददातालाई अवरोध
» Nep » Eng
July 3, 2009 -- Updated 1041 GMT (1626 NST)

नुवाकोटको विदुर नगरपालिकामा समाचार संकलनका लागि गएका सगरमाथा टेलिभिजनका संवाददाता श्रीराम नेपाल र त्रिशुली प्रवाहका संवाददाता नवदिव अजनवीलाई स्थानीय ब्यापारी कुमार थपलियाले अपशव्द प्रयोग गरेको दाबी ती पत्रकारहरुले गरेका छन् । ताम्सालिङ संयुक्त संर्घष समितिले नगरपालिकामा लगाएको तालाको दृष्य खिच्न पुगेका संचारकर्मीलाई थपलियाले दृष्य खिच्न अवरोध गर्दै खिचेको दृष्य समेत मेट्न धम्की दिएका थिए । पत्रकार महासंघको नुवाकोट शाखाका अध्यक्ष राजुमित्र खनालले विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्नुभएको छ ।