ताम्सालिङ संयुक्त संर्घष समिति
» Nep » Eng
July 3, 2009 -- Updated 1041 GMT (1626 NST)

सरकारसंग गत वैशाख २९ गते भएको १९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ताम्सालिङ संर्घष समितिको नुवाकोट शाखाले हिजोदेखि विदुर नगरपालिका र जिल्लाका ६१ वटै गाविस कार्यालयमा तालाबन्दी गरायो । रसुवाका गाविस कार्यालयहरु पनि आज सोही संर्घष समितिले बन्द गरायो । सो समितिले नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, चितवन लगायतका १० जिल्लालाई तामाङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, तामाङ भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिर्नुपर्ने लगायतका माग राखेको छ ।