छात्रवृत्ति
» Nep » Eng
July 3, 2009 -- Updated 1039 GMT (1624 NST)

आर्थिक अभावका कारण पर्ढाईबाट बञ्चित हुने अवस्थामा रहेका १० बालबालिकाले सुविधा सम्पन्न बोर्डिङ स्कूलमा पढ्न पाएका छन् । हिमालयन अन्तर सांस्कृतिक संघ नामक गैरसरकारी संस्थाले सिन्धुपाल्चोकका विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएपछि उनीहरुले यस्तो अवसर पाएका हुन् । ती १० जना बालबालिकाले अहिले काभ्रेको बनेपा स्थित वेलर एकेडेमी इन्टरनेशनलमा पढ्दै आएका छन् । प्रत्येक बर्ष२/२ जना गरिब र असहायलाई छात्रवृत्रि दिएर एसएलसी सम्म पढ्ने अवसर मिलाएको संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिनुभयो ।