सुख्खा बन्दरगाह निर्माण
» Nep » Eng
July 3, 2009 -- Updated 1039 GMT (1624 NST)

पूर्वी नेपालको कांकड भिट्टामा सम्पूर्ण सेबा सुबिधा सहितको एकिकृत सुख्खा बन्दरगाह निर्माण गर्ने कार्य भईरहेको छ । नौ बिगाह क्षेत्रफलमा निर्माण भैरहेको यो बन्दरगाहमा भन्सार कार्यालय, प्रयोगशाला, गोदाम घर, भन्सार एजेन्ट कार्यालय, यात्रु शाखा, सुरक्षा जांच स्थल लगायतका सेवा एउटै छानामुनि उपलब्ध हुने छ । एसियाली बिकास बैंकको ३० करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यो सुख्खा बन्दरगाह आगामी पुस सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।