नेपाल टेलिभिजनमा कार्यकारी अध्यक्ष नियुक्त गरिएकोप्रति नेपाल टेलिभिजनका कर्मचारीहरुले विरोध जनाएका छन् । हिजो सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेका कुन्दन अर्याललाई कर्मचारीहरुले आज कार्यालयमा छिर्न दिएनन् । नवनियुक्त कार्यकारी अध्यक्षलाई रोक्न उनीहरुले विहान १० वजे नै मूल ढोकामा तालाबन्दी गरेका थिए । कर्मचारीको विरोधका कारण अर्यालले आज पद वहाली गर्न पाउनु भएन । यसै विषयलाई लिएर नेटिभी कर्मचारी संघ र संचारमन्त्री शंकर पोखरेलबीच आजै वार्ता समेत भयो । वार्तामा कर्मचारीहरुले नेपाल टेलिभिजन जस्तो स्वायत्त संस्थामा संचालक समितिका अध्यक्षलाई नै कार्यर्कारी अध्यक्ष बनाएर हस्तक्षेप गरिएको भन्दै भन्दै निर्णय फिर्ता हुनु पर्ने अडान लिएका थिए । सञ्चारमन्त्रीले कार्यकारी अध्यक्षको अधिकार बाँडफाँड गर्न सकिने तर नियुक्ति नै फिर्ता गर्न नसकिने बताएपछि वार्ता विना निष्कर्षटुंगिएको थियो ।
निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी कर्मचारी संघले दिएको छ ।