Sep 04, 2010 00:25:44
महान्यायाधिवक्ता स्वागत
» Nep » Eng
July 3, 2009 -- Updated 1032 GMT (1617 NST)

सर्वोच्च अदालत बार एशोसिएशनले महा न्यायाधिवक्ता भरतबहादुर कार्कीको सम्मानमा आज स्वागत कार्यक्रम आयोजना गर्‍यो । सो अवसरमा बोल्ने कानुन व्यवसायीहरुले मुलुकबाट दण्डहिनता अन्त्य गर्ने ढंगले काम अगाडि बढाउन महा न्यायाधिवक्तालाई आग्रह गरे । घुस लिएर जाने वकिलहरुलाई न्यायाधीशले फिर्ता पठाउन सके न्यायालय स्वच्छ बन्ने उनीहरुको भनाइ थियो । महा न्यायाधिवक्ता कार्कीले भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य जस्ता कुरामा पनि सबैको सामुहिक प्रयाश हुनुपर्ने बताउनु भयो ।