अमेरिकी राजदूत
» Nep » Eng
July 3, 2009 -- Updated 1031 GMT (1616 NST)

नेपालको कार्यकाल छोट्याएर अमेरिका र्फकन लाग्नु भएकी अमेरिकी राजदुत न्यान्सी जे पावेलले हिंसाको राजनीति त्याग्न दलहरुलाई आग्रह गर्नु भएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन मिलेर काम गर्न सबै राजनीतिक दलसँग उहाँको आग्रह थियो । इमेज च्यानलसँग कुरा गर्दै राजदूत पावेलले शान्ति र सम्बृद्धिका लागि सबैको अधिकारको सम्मान हुनुपर्नेमा पनि जोड दिनुभयो । यसअघि, राजदूत पावेल मेरो जिन्दगी मेरो विश्वास नामक पुस्तक र डिभिडि र्सार्वजनिक गर्न एन्टिना फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो ।