ख्यातीको दाहसंस्कार
» Nep » Eng
July 3, 2009 -- Updated 1030 GMT (1615 NST)

अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । अस्पतालबाट ख्याती श्रेष्ठको टुक्रा टुक्रा भएको शव जोडेर आर्यघाट पुर्‍याइएपछि ख्यातीका बुबाले दागबत्ति दिनुभएको थियो । आर्यघाटमा मृतकका परिवार र जुविलियन्ट कलेजका प्राध्यापक तथा विद्यार्थीहरुका साथै र्सवसाधारण समेत सहभागी थिए ।

गत जेठ २२ गते काठमाठौंको पुतलीसडकबाट अपहरणपछि हत्या गरिएकी ख्यातीको काठमाडौंको गोलढुंगास्थित मुडखु जंगलबाट टाउको, नारायणघाट मुग्लिङ सडकखण्डको १७ किलो भन्ने ठाउँबाट हात खुट्टा र ललितपुरको सैवुस्थित ८६ कोटबाट शरिरको अन्य भाग प्रहरीले फेला पारेको थियो । छात्रा ख्यातीको अपहरण गरी हत्या गर्नुका साथै फिरौती समेल असुल गर्ने अभियुक्त विरेन श्रेष्ठ प्रधान र उसको सहयोगी मेरिना शाक्य अहिले प्रहरी हिरासतमा छन् ।