स्वस्थ्य मन्त्री
» Nep » Eng
July 3, 2009 -- Updated 1027 GMT (1612 NST)

स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले संसद अवरुद्ध गरेर माओवादीले लोकतन्त्रको खिल्ली उडाएको जिकिर गर्नु भएको छ । प्रेस युनियनले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा उहांले संबैधानिक सर्वोच्चता कायम भएपछि मात्रै नागरिक सर्वोच्चता कायम हुन्छ भन्नुभयो । राष्ट्रिय सरकारको बहानामा माओवादीले फेरि सत्ताको भोक देखाएको जिकिर पनि स्वास्थ्य मन्त्रीले गर्नुभयो ।