संविधानसभा
» Nep » Eng
July 3, 2009 -- Updated 1024 GMT (1609 NST)

संविधानसभामा आज पनि सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्माण समितिको अवधारणापत्रमा छलफल भयो । छलफलमा नयाँ संविधानमा जनयुद्ध शब्द राख्न वा नराख्ने भन्ने विषयमा सभासद्हरुबीच चर्को विवाद भइरहेको छ । छलफलमा सहभागी हुंदै माओवादी सभासद् लोकेन्द्र विष्टले सशस्त्र द्वन्द्वको भूमिकालाई सबैले स्वीकारको अवस्थामा जनयुद्ध शब्द किन स्वीकार गर्न नहुने भनी प्रश्न गर्नुभयो । कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले भने १२ बुँदे समझदारीदेखिका सहमति, सम्झौता र अन्तरिम संविधानमा समेत जनयुद्ध शब्द नपरेकाले त्यही शब्दलाई लिएर विवाद गर्नु नपर्ने धारणा राख्नुभयो । एमाले सभासद् प्रदीप ज्ञवालीले माओवादीको संर्घषलाई कसैले महान जनयुद्ध र कसैले अनावश्यक हिंसा भन्ने गरेको भन्दै जनयुद्ध शब्द राख्न नहुने तर्क गर्नुभयो ।