कतारमा नेपालीको मृत्यु
» Nep » Eng
July 3, 2009 -- Updated 1023 GMT (1608 NST)

कतारमा पानी जहाज दुर्घटनामा परी मृत्यु भएका १२ नेपाली मध्ये दुई जनाको शव फेला परेको छ । जहाज दुर्घटनामा परी मृत्यु भएका अरु १० नेपालीको खोजी कार्य जारी रहेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता मदनकुमार भट्टर्राईले दिनुभयो । यसैबीच, शेषनाथ यादव र तिलकबहादुर खम्चाको शव यथाशीघ्र काठमाडौं पठाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । अहिले दुबै शव कतारस्थित हमद मेडिकल कर्पोरेशनमा राखिएको छ । यसअघि, उनीहरु कार्यरत एचबीके कम्पनीसँग काम गर्दाको तलब र विमा लगायतका सुविधाबारे कतारस्थित परराष्ट्र मन्त्रालयले जानकारी लिइरहेको बताइएको छ । संयुक्त अरब इमिरेटस्को एचबीके कम्पनीको माल बाहक पानी जहाज दोहान नजिकैको समु्द्रमा दुर्घटनाग्रस्त हुँदा १२ नेपालीका साथै चालकदल र सो कम्पनीमा कार्यरत अन्य २३ जना समुद्रमा डुब्न पुगेका थिए । दुर्घटनापछि ६ जनाको जीवितै उद्धार गरिएको थियो भने ७ जनाको शव भेटिएको थियो ।