राष्ट्रपति-सुर्यबहादुर थापा भेटवार्ता
» Nep » Eng
July 3, 2009 -- Updated 1021 GMT (1606 NST)

राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सुर्यबहादुर थापाले आज राष्ट्रपति डा. रामवरण यादवलाई भेटी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभयो। शितल निवास स्थित राष्ट्रपति कार्यालयमा उहांहरुबीच झण्डै १ घण्टा कुराकानी भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रम, शान्ति सुरक्षाको स्थिति, सदनको गतिरोध लगायतका विषयमा राष्ट्रपतिसंग कुरा भएको थापाले जानकारी दिनुभयो ।