प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएकै समयमा नयाँ संविधान निर्माण गर्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको ६ महिना भित्रै आमनिर्वाचन गराउने प्रतिवद्धता पनि जनाउनुभयो । नेताहरुको बोली र व्यवहार फरक देखिएकोप्रति दिक्दारी ब्यक्त गर्दै यस्तो प्रवृत्तिले जनतामा अविश्वास पैदा हुनेतर्फध्यानाकर्षा गराउनुभयो । सबै मन्त्रालय सिंहदरबार भित्र राखिएकाले खुला ठाउँमा काम गर्न नपाएको गुनासो प्रधानमन्त्रीको थियो । मन्त्रालयहरु राख्न सिंहदरबारमा भवन अभाव रहेको जानकारी उहाँले दिनुभयो । आदिवासी जनजाति उत्थानका लागि नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।