कांग्रस-माओवादी वार्तालाप
» Nep » Eng
July 3, 2009 -- Updated 0611 GMT (1156 NST)

संसदको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एकिकृत माओवादीबीच भइरहेको वार्तामा माओवादीले नयाँ र्सत अगाडि सारेको छ ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भइरहेको वार्तामा संलग्न एक नेताका अनुसार माओवादीले यसअघि प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री संसदमा सम्बोधन गर्न तयार हुनुपर्ने उसको पहिलो र्सत रहेको छ । सो र्सतमा सहमति नभए अन्तरिम संविधानमा संशोधन गरी राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार क्षेत्रको बाँडफाँड प्रष्ट गर्नुपर्ने माओवादी र्सत छ । माओवादीले संसद अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन समेत अवरोध भइरहेको सर्न्दर्भमा त्यसको निम्ति कुनै पनि हालतमा बाटो खोल्न नसक्ने बरु पेश्की बजेट ल्याउन दिने बताएको छ । यसअघि, आजै एमाले र माओवादीबीच छलफल भएको थियो । छलफलमा संसद गतिरोध खुलाउनेबारे कुरा भए पनि कुनै सहमति बनेन । संविधानसभामा रहेका २४ दलहरु संलग्न र्सवदलीय बैठकले एमाले, कांग्रेस र माओवादीलाई सहमति खोज्न जिम्मा दिएपछि ठूला तीन दलबीच द्विपक्षीय र त्रिपक्षीय छलफलहरु भइरहेका छन् ।