स्पेनीस फुटबल खेलाडी राहुल गोन्जालेजले रियाल मडि्रड छोडेका छन् । सन् १९९३ मा स्पेनीस क्लव रियाल मडि्रडको लागी पहिलो खेल खेलेका राहुलले १७ वर्षो क्लव जिवनपछि आफु स्वतन्त्र भएको औपचारीक घोषणा गरेका हुन् । स्पेनीस राष्ट्रिय टोलीका हालसम्मका र्सवाधीक सफल स्ट्राईकर राहुलले देशको लागी ४४ गोल गरेका छन् । यसैगरी युरोपकै र्सवाधीक सफल फुटबल क्लव रियाल मडि्रडका र्सवाधीक सफल खेलाडी राहुलले क्लवको लागी १७ वर्षा ३ सय २३ गोल गरेका छन् । ३३ वषिर्य स्ट्राईकर राहुलले क्लव छोडेपछि रियाल मडि्रडलाई अर्को एकजना स्ट्राईकर थप्न बाटो खुलेको छ । यता राहुललाई आफ्नो क्लवमा भित्र्याउन जर्मन क्लव शाल्का तथा इंग्लीश क्लवहरु टोटनहृयाम र न्युकासल युनाईटेडले प्रयास थालेका छन् । इंग्लीश प्रिमियर क्लवहरु म्यान्चेस्टर युनाईटेड र लिभरपुलले पनि राहुल गोन्जालेजलाई क्लवमा ल्याउने संभावना छ ।