Jul 29, 2010 20:25:16
ओबामा प्रेभेल
» Nep » Eng
March 12, 2010 -- Updated 1128 GMT (1713 NST)

अमेरिकी राष्ट्रपति बाराक ओबामाले भूकम्पले ध्वस्त हाइटीका जनतालाई संकट सकिएको भ्रममा नपर्न सचेत गराउदै अर्को विपत्ति आउन सक्ने चेतावनी दिनु भएको छ ।  भुकम्पपछि हाइटीको अवस्था निकै चुनौतिपूर्ण रहेको भन्दै ओबामाले त्यहाँको अवस्था अझै भयावह हुन सक्नेतर्फसचेत गराउनुभयो । वासिङ्गटनमा हाइटीका राष्ट्रपति रेने प्रेभेलसंगको भेटपछि वोल्दै ओबामाले अमेरिकाले हाइटीको पुनर्निमाणमा सहयोग जारी राख्ने आश्वासन दिनुभयो । राष्ट्रपति प्रेभेलले विपत्तिका बेला अमेरिकाले गरेको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिका वेला छिट्टै मानवीय सहयोग पुर्‍याउन राष्ट्रसघले विशेष टोली नै गठन गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराउन र ध्वस्त संरचना पुनर्निर्माणका लागि सेना सहित २० हजार अमेरिकी हाइटीमा खटिएका छन् । हालैको सात रेक्टर स्केलको भुकम्पका कारण हाइटीमा दुई लाख भन्दा बढीको मृत्यु भएको छ भने लाखौं घरवारविहीन भएका छन् ।