Jul 29, 2010 20:30:23
हमीद कारजाई
» Nep » Eng
March 12, 2010 -- Updated 1127 GMT (1712 NST)

इरानी राष्ट्रपतीले अफगानिस्तनको भ्रमण गरेलगत्तै अफगानिस्तनका राष्ट्रपती हमीद कारजाइ दुइ दिने भ्रमणका लागी आज पाकिस्तान पुग्नुभएको छ । कारजाईले आजै पाकिस्तानका राष्ट्रपती आसिफ अली जरदारीसंग भेटवार्ता गर्नुभयो । भेटका अवसरमा जरदारीले कारजाइलाई अफगानिस्तानमा जारी आतंकबादलाइ परास्त गर्न पाकिस्तानले आर्थिक सहयोग गर्ने बचन दिनुभएको थियो । पाकिस्तानका राष्ट्रपती जरदारीले आपसी एकता ,राष्ट्रिय अखण्डता र अफगानिस्तनको सम्प्रभुताको रक्षाको विषयमा ब्यापक छलफल भएको जानकारी दिनुभयो । अफगानी राष्ट्रपती हमीद कारजाइले पाकिस्तानले अफगानीस्तानको सेनाको क्षमता बढाउन प्रशिक्षण दिने प्रस्ताव अघि सारेको जानकारी दिनुभयो । भ्रमणका क्रममा कारजाइले पाकिस्तनका प्रधानमन्त्री युसुफ रजा गिलानीसंग पनि भेटवार्ता गर्नुभएको छ ।