Jul 29, 2010 19:55:45
पाकिस्तान
» Nep » Eng
March 12, 2010 -- Updated 1126 GMT (1711 NST)

उत्तर-पश्चिम पाकिस्तानमा अमेरिकी मानवरहित विमानको मिसाइल आक्रमणमा परी कम्तीमा १२ जना विद्रोही मारिएका छन् । उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रमा शंकास्पद लडाकु लुकेर बसेको गोप्य सूचनाको आधारमा मानवरहित विमानले दुई वटा मिसाइल खसाएको अधिकारीहरुले बताएका छन् । मानवरहित विमानले लडाकु लुकेका भवन र सवारी साधनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । पाकिस्तानमा मानवरहित विमानको आक्रमणमा सयौं लडाकु मारिने गरेका छन् । गत महिना मानवरहित विमानको आक्रमण परी पाकिस्तानी तालिबान प्रमुख हकिमुल्लाह महसुद मारिएका थिए ।