इरानका राष्ट्रपति मोहमुद अहमदिनेजादले आतंकबाद परास्त पार्ने नाममा आतंकवादलाइ नै प्रशय दिने काम भइरहेको भन्दै अमेरिकाको कडा आलोचना गर्नुभएको छ । अफगानिस्तान भ्रमणका क्रममा काबुल पुग्नुभएका अहमदिनेजादले आतंकबादलाई समाप्त पार्छ भन्दै अमेरिकाले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । अफगानिस्तानमा बिदेशी सेनाको उपस्थितीलाई अस्वीकार गर्दै उहांले अफगानिस्तानको पुननिर्माणका लागी सहयोग गर्ने नीति इरानको भएको बताउनु भयो । उहाँले अफगान भ्रमणका बेला अमेरिकी रक्षामन्त्री रोबर्ट गेट्सले पनि तालीवानको र्समर्थन गरेको आरोप लगाउनु भयो । अफगानीस्तानका राष्ट्रपति हमिद कारजाइ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि काबुल पुगेका अहमदिनेजा र राष्ट्रपति कारजाईबीच आर्थिक, ब्यापारिक सम्बन्ध सुधारका साथै आतंकवाद विरुद्ध संगसंगै काम गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।