निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामाले चीन तिब्बतबाट बौद्ध धर्म सदाका लागि समाप्त् पार्ने षडय्न्त्रमा लागेको आरोप लगाउनु भएको छ । उहांले अहिले पनि तिब्बतीहरुलाई दबाउने क्रम चलिरहेको आरोप लगाउनु भएको छ । तिब्वतमा भीक्षु भिक्षुणीहरुले कैदीको जस्तो जीवन यापन गरिरहेको भन्दै उहांले उनीहरुलाई धार्मिक अध्ययन र अभ्यासबाट समेत बञ्चित गरिएको जिकिर गर्नुभएको छ । स्वतन्त्र तिब्वत आन्दोलनको ५१औं बर्षाँठ मनाउने क्रममा दलाई लामाले बौद्ध धर्मलाइ दबाउने उद्देश्य स्वरुप नै चीनले तिब्बतमा ब्यापक सुरक्षाकर्मी परिचालन गरेको तर्क गर्नुभयो । उहांले तिब्बतमा तैनाथ चिनियाँ सुरक्षाकर्मी तुरुन्त हटाउन पनि माग गर्नु भएको छ । विगत ३० बर्षेखि आफूले चीन सरकारसंग वार्ता गर्न चाहेको तर चीनले त्यसका लागि ठोस कदम नचालेको भन्दै दलाई लामाले चिन्ता ब्यक्त गर्नुभयो । चीनले यसअघि नै दलाई लामाका कारण तिब्बतमा अस्थिरता उत्पन्न भएको जिकिर गरेको थियो ।