Jul 29, 2010 19:52:28
पाकिस्तान
» Nep » Eng
March 10, 2010 -- Updated 0849 GMT (1434 NST)

उत्तर-पश्चिम पाकिस्तानमा अमेरिकी मानवरहित विमानको मिसाइल आक्रमणमा परी तीन जना लडाकु मारिएका छन् । मिरान्साह शहरस्थित एक अस्पतालको कम्पाउण्डभित्र रहेको भवनलाई लक्षित गरी मानवरहित विमानले तीन वटा मिसाइल आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । तालिबान लडाकुको त्रासले अस्पतालको भवनमा बस्दै आएका कर्मचारी विस्थापित भएपछि उक्त भवन मुस्लिम लडाकुले प्रयोग गर्दै आएको बताइएको छ । पाकिस्तानमा मानव रहित विमानको आक्रमणमा परी सैयौं लडाकु मारिने गरेका छन् ।