Jul 29, 2010 19:45:40
नाइजेरिया
» Nep » Eng
March 10, 2010 -- Updated 0848 GMT (1433 NST)

नाइजेरियाका कार्यवाहक राष्ट्रपति गुडलक जोनथनले देशको सुरक्षास्थिति दुरुस्त बनाउन नसकेको आरोपमा त्यहाँका सुरक्षा सल्लाहकारलाई पदमुक्त गर्नुभएको छ । जोस शहरमा क्रिस्चियन र मुस्लिम समुदायबीच भड्किएको धार्मिक दंगामा ५ सय भन्दा बढी मानिसले ज्यान गुमाएपछि उहाँले कारबाही स्वरुप सुरक्षा सल्लाहकारलाई पदमुक्त गर्नुभएको हो । धार्मिक हिंसा भड्किएपछि नाइजेरियाको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । यसैबीच, नाइजेरियाली सरकारले नरसंहारमा संलग्न भएको आरोपमा एक सय जना भन्दा बढीलाई पक्राउ गरेको छ ।