| इजरायल-प्यालेस्टाइन
|
» Nep » Eng
March 10, 2010 -- Updated 0847 GMT (1432 NST)
|
इजरायल र प्यालेस्टाइनबीचको विवाद समाधान गर्न मध्यपुर्वको भ्रमणमा रहनुभएका अमेरिकी उपराष्ट्रपति जो बाइडेनले वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने विश्वास ब्यक्त गर्नुभएको छ । इजरायल र प्यालेस्टाइनबीच बिस्तृत वार्ता हुनुपुर्व अनौपचारिक वार्ताको प्रयास हुनुलाई महत्वपूर्ण तयारीको संज्ञा दिंदै उहाँले दुबै देशबीच वषौंदेखि विद्यमान रिसइवी अन्त्य हुनेमा आफू आशावादी भएको बताउनु भयो । दुबै देशबीच अनौपचारिक वार्ताको कुरा चलिरहेकै बेला बाइडेनको भ्रमणले मध्यपुर्वमा शान्ति बहाली गर्न उल्लेखनिय भूमिका निर्वाह गर्ने विश्लेषण गरिएको छ । तर, प्यालेस्टाइनले भने विवादास्पद क्षेत्र वेस्ट ब्याङ्कमा इजरायलले बस्ती बसाउने क्रम नरोकेसम्म उसँग कुनै पनि वार्ता गर्न नसकिने अडान दोहोर्याउँदै आएको छ । यसअघि, इजरायलले वेस्ट ब्याङ्कमा वस्ती बसाउन कार्यलाई दश महिनाका लागि स्थगित गरेको थियो । यसका बावजुद् नयाँ भवन निर्माण गर्न इजरायले हालै दिएको निर्देशनले इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध थप विग्रिएको छ । उता, अमेरिकाले भने वेस्ट ब्याङ्कमा इजरायलले थप नयाँ भवन बनाउन दिएको आदेश गैरकानुनी नभएको जिकिर गरेको छ । प्यालेस्टाइनले आफ्नो राजधानी बनाउन तय गरेको इस्ट जेरुसेलमको केही भाग पनि वेष्ट ब्याङ्क क्षेत्रमा पर्छ ।
|
|
|
|
|