Jul 29, 2010 19:56:10
चीन-तिब्बत
» Nep » Eng
March 10, 2010 -- Updated 0846 GMT (1431 NST)

स्वतन्त्र तिब्बतका लागि दलाई लामाको नेतृत्वमा ५१ वर्षघि भएको असफल व्रि्रोहको बर्षाँठ नजिकिंदै गर्दा चीनले तिब्बतमा अस्थिरता उत्पन्न गराउन दलाई लामाको हात रहेको आरोप लगाएको छ । यही मार्च १० मा तिब्बत आन्दोलनको ५१औं वर्षाँठ मनाउन तिब्बतीहरुले तयारी गरिरहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टी नेता झाङ कुइङ्लीको यो भनाइ आएको हो । चीन विरोधी गतिविधिमा दलाई लामाको हात रहेको जिकिर गर्दै झाङले लामा बिनाको तिब्बत अझ सम्मृद्ध र शान्त हुने दावी गर्नुभयो । चीनको केन्द्रीय सरकारले तिब्बतको अर्थतन्त्रलाई उकास्न निरन्तर आर्थिक सहयोग गर्ने भन्दै झाङले तिब्बतीहरुलाई सम्पूर्ण धार्मिक स्वतन्त्रता प्रदान गरिएको दावी गर्नुभयो । तिब्बतको राजधानी ल्हासामा दुई वर्षअघि यसै समयमा भड्किएको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी दर्जनौं मारिएका थिए । यस पटक पनि दंगा भड्किन नदिन तिब्बतमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच, आन्दोलनको वर्षाँठको पुर्व सन्ध्यामा भारतस्थित चिनियाँ दूतावास अगाडि भएको चीन विरोधी प्रदर्शनमा प्रहरीले दुई दर्जनभन्दा बढी तिब्वती प्रदर्शनकारीलाई पक्रेको छ । प्रदर्शनकारीले स्वतन्त्र तिब्बतको पक्षमा नारा लगाउँदै चिनियाँ दूतावासको गेट भित्र छिर्ने प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकारी मध्येका एकले चिनियाँ दूतावास अगाडि रहेको पोलमा आफूलाई फलामे सिक्रीले बाँधेर तिब्बतमाथिको चिनियाँ नीतिको सांकेतिक विरोध गरेका थिए ।