Sep 04, 2010 00:27:34
इराक
» Nep » Eng
February 2, 2010 -- Updated 1036 GMT (1621 NST)

इराकको राजधानी बग्दादमा तिर्थयात्रीलाई लक्षित गरी आत्माघाती बिस्फोट गराउँदा ४१ जना मारिएका छन् । तीर्थयात्री हिंडिरहेका बेला महिला आत्मघाती आक्रमणकारीले जलपान स्थलमा बिस्फोट गराएको प्रहरीले जनाएको छ । अब्राहिम पर्ब मनाउन कर्बालातर्फगइरहेका शिया समुदायका तिर्थयात्रीबीच गराइएको बिस्फोटमा अरु ३८ जना घाइते भएका छन् । तीर्थयात्रीको सुरक्षाका लागि हजारौं सेना र प्रहरी खटाइएको थियो । हालका दिनमा शिया समुदायलाई लक्षित गरी सुन्नी समुदायले आत्माघाती बिस्फोट गराएको बताइएको छ ।