कोमोरोस
» Nep » Eng
July 3, 2009 -- Updated 1057 GMT (1642 NST)

हिजो हिन्द महासागरमा दुर्घटनाग्रस्त यमनी विमानको एउटा ब्ल्याकबक्स समुद्भित्र देखा परेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन्  सो ब्ल्याकबक्स निकाल्ने काम आजै शुरु हुने फ्रान्सेली अधिकारीहरुलाई उद्धृत गर्दै .एफ.पी समाचार एजेन्सीले जनाएको   यसैबीच, दुर्घटनामा बाँच्न सफल एक मात्र किशोरीको स्वास्थमा सुधार आईरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्  १४ वषिर्या बायाले आज आफ्ना बुबा कासिम बकारीसँग फोनमा कुरा गरेकी छन्  दुर्घटनापछि आफूलाई एक्कासी पानी भित्र पाएको  अँध्यारोका कारण केही नदेखेको भन्दै उनले मान्छेहरुको आवाज भने सुनेको आफ्ना बुबालाई बताइन्  फ्रान्सको एउटा रेडियोसँग कुरा गर्दै बकारीले पौडी खेल्न नजान्ने आफ्नी छोरीलाई उद्धारकर्मीले बचाएकोमा खुसी व्यक्त गरेका छन्  पेरिसबाट कोमोरोसका लागि उडान भरेको यमनी जेट अवतरण गर्ने क्रममा हिन्द महासागरमा खसेको थियो  दुर्घटनामा परी चालक दलका सदस्य सहित एक सय ५३ यात्रु रहेकोमा किशोरी बायाँ मात्रै बाँच्न सफल भएकी थिइन्  उनी कोमोरोसमा रहेका आफन्तलाई भेट्न आफ्नी आमासँग गएकी थिइन्